काठमाडौँ-कीर्तिपुरको काव्यम पाठशालामा Academic Excellence Award Distribution तथा AI and Robotics Expo-2082 भव्य सम्पन्न

काठमाडौँको कीर्तिपुरस्थित काव्यम पाठशालाले ‘Academic Excellence Award Distribution’ तथा AI and Robotics Expo-2082 कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

आधुनिक शिक्षा, प्रविधिमैत्री सिकाइ र विद्यार्थीको समग्र विकासलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त कार्यक्रमले अभिभावक, शिक्षक तथा शैक्षिक सरोकारवालाको विशेष ध्यान आकर्षित गरेको छ।


कार्यक्रमअन्तर्गत विद्यालयका विभिन्न कक्षाका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो। पुरस्कार वितरण गर्दै विद्यालयका संस्थापक प्रिन्सिपल रवि भण्डारीले विद्यार्थीहरूलाई निरन्तर मेहनत, अनुशासन र सिर्जनशीलतामार्फत आफ्नो भविष्य उज्ज्वल बनाउन प्रेरित गरे।


सो अवसरमा आयोजित AI and Robotics Expo ले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो। प्रदर्शनीमा विद्यार्थीहरूले विज्ञान, प्रविधि र नवप्रवर्तनसँग सम्बन्धित विभिन्न परियोजना तथा मोडलहरू प्रस्तुत गरेका थिए। रोबोटिक्स प्रणाली, सेन्सर प्रविधि, विज्ञान प्रयोग तथा प्रविधिमैत्री आविष्कारहरूले विद्यार्थीहरूको सिर्जनशीलता र अनुसन्धान क्षमतालाई उजागर गरेको थिए।


कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक प्रिन्सिपल रवि भण्डारीले आधुनिक शिक्षामा व्यवहारिक ज्ञानको महत्व औंल्याउँदै भने,
“आजको शिक्षाले केवल पाठ्यपुस्तकमा सीमित रहेर मात्र पुग्दैन। विद्यार्थीलाई प्रयोगात्मक, अनुसन्धानमुखी र प्रविधिमैत्री सिकाइको अवसर दिन सके मात्र उनीहरूलाई भविष्यका चुनौतीसँग सामना गर्न सक्षम बनाउन सकिन्छ।”
उनले काव्यम पाठशालाले विद्यार्थीको शैक्षिक उत्कृष्टता, नेतृत्व क्षमता, नैतिक मूल्य र प्रविधि प्रयोगलाई सन्तुलित रूपमा विकास गर्ने लक्ष्यसहित विभिन्न नवीन शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिए।


स्थानीय शैक्षिक क्षेत्रका सरोकारवालाहरूका अनुसार रवि भण्डारीको नेतृत्वमा अघि बढाइएका योजनाहरूले विद्यार्थीको समग्र विकासलाई प्राथमिकता दिँदै आधुनिक शिक्षण प्रणालीमा काव्यम पाठशालालाई उदाहरणीय संस्थाको रूपमा स्थापित गरिरहेको छ।
शैक्षिक उत्कृष्टता, प्रविधिमैत्री सिकाइ र प्रेरणादायी वातावरणको संगम बनेको उक्त कार्यक्रमले विद्यालयको शैक्षिक दृष्टिकोण तथा गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धतालाई थप उजागर गरेको सहभागीहरूको भनाइ छ।

Tags :

Share It:

Grid News

Latest Post

सूचना विभाग दर्ता नं.: २०८/०८०-८१
संपादक–इन–चीफ: डा. निर्मल थापा
अध्यक्ष: रीता मानन्धर
प्रबन्ध सम्पादक: अर्जुन श्रेष्ठ

सम्पर्क:
ठेगाना: श्रीनगर रोड, बखुन्डोलै, ललितपुर
फोन: ०१-५५२२४४४, ०१-५५२२२७७
इमेल: info@nepalicnnmedia.com, editorial@nepalicnnmedia.com, ads@nepalicnnmedia.com

© 2025 Copyright Nepali CNN Media | All rights reserved.

Website Built By AERPN

architectural photography of Coca-Cola tarpaulin