राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) को सातौं साधारण सभा भोलि, नयाँ नेतृत्व चयन हुँदै

काठमाडौं — राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) को सातौं वार्षिक साधारण सभा भोलि काठमाडौंको बानेश्वर हिलमा आयोजना हुँदैछ। सभाबाट नयाँ कार्यसमिति चयन गरिनुका साथै आगामी कार्यकालका लागि नीतिगत प्राथमिकता र रणनीति तय गरिने संघले जनाएको छ।
संघका महासचिव दीपक कोइराला ले कार्यक्रम सञ्चालन, सदस्य समन्वय र एजेन्डा तयारीलगायत सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न भइसकेको जानकारी दिए।
त्यसैगरी, संयोजक रमन कोइरालाले पनि सभाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाउँदै सहभागी सदस्यहरूको सक्रिय उपस्थितिले कार्यक्रमलाई सफल बनाउने विश्वास व्यक्त गरे।
संघका अध्यक्ष सन्तोष प्याकुरेलका अनुसार साधारण सभाले नयाँ नेतृत्व चयनसँगै संस्थाको आगामी कार्यदिशा निर्धारण गर्नेछ। उनले शैक्षिक परामर्श क्षेत्रलाई अझ व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन नयाँ कार्यसमितिले ठोस योजना अघि सार्ने बताए।
लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय नेका व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन सरकारी निकाय तथा विदेशी दूतावासहरूसँग सहकार्य गर्दै आएको अग्रणी संस्था मानिन्छ। यसपटकको साधारण सभालाई संस्थागत सुदृढीकरण र नीतिगत स्पष्टताको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

Tags :

Share It:

Grid News

Latest Post

सूचना विभाग दर्ता नं.: २०८/०८०-८१
संपादक–इन–चीफ: डा. निर्मल थापा
अध्यक्ष: रीता मानन्धर
प्रबन्ध सम्पादक: अर्जुन श्रेष्ठ

सम्पर्क:
ठेगाना: श्रीनगर रोड, बखुन्डोलै, ललितपुर
फोन: ०१-५५२२४४४, ०१-५५२२२७७
इमेल: info@nepalicnnmedia.com, editorial@nepalicnnmedia.com, ads@nepalicnnmedia.com

© 2025 Copyright Nepali CNN Media | All rights reserved.

Website Built By AERPN

architectural photography of Coca-Cola tarpaulin