राष्ट्रिय शैक्षिक परामर्श संघ नेकामा भूपेन्द्र सिटौलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन


काठमाडौँ– राष्ट्रिय शैक्षिक परामर्श संघको वार्षिक साधारण सभाले भूपेन्द्र सिटौलाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा रमण कोइराला र सुवेन्द्र थापा चयन भएका छन्। महासचिवमा दिपक कोइराला (कृष्ण) चयन भएका छन् भने सचिवमा प्रद्युम्न बोगटी र प्रतिक्षा श्रेष्ठ चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी सुर्य पोखरेललाई दिइएको छ।

सदस्यहरूमा ध्रुब थापा, केशब सिंखडा, विनोद कडेल, लक्ष्मी खत्री, बिनोद बुढाथोकी, एकराज भण्डारी, निरज पौडेल, त्रिलोचन अधिकारी, गणेश श्रेष्ठ र दुर्गा दत्त सापकोटा चयन भएका छन्।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइराला उपस्थित थिए। उनले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन नवगठित कार्यसमितिले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए।

निवर्तमान अध्यक्ष सन्तोष प्याकुरेललेआफ्नो कार्यकालमा साथ र सहयोग गर्ने सम्पूर्ण पदाधिकारी, सदस्य संस्था तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका छन्।

नवगठित कार्यसमितिले संस्थागत सुदृढीकरण, सदस्य संस्थाहरूको हकहित संरक्षण तथा सेवा गुणस्तर अभिवृद्धिमा जोड दिने प्रतिबद्धता व्यक्त गरेको छ।

Tags :

Share It:

Grid News

Latest Post

सूचना विभाग दर्ता नं.: २०८/०८०-८१
संपादक–इन–चीफ: डा. निर्मल थापा
अध्यक्ष: रीता मानन्धर
प्रबन्ध सम्पादक: अर्जुन श्रेष्ठ

सम्पर्क:
ठेगाना: श्रीनगर रोड, बखुन्डोलै, ललितपुर
फोन: ०१-५५२२४४४, ०१-५५२२२७७
इमेल: info@nepalicnnmedia.com, editorial@nepalicnnmedia.com, ads@nepalicnnmedia.com

© 2025 Copyright Nepali CNN Media | All rights reserved.

Website Built By AERPN

architectural photography of Coca-Cola tarpaulin