काठमाडौंको बल्खु–कालीमाटी सडक विस्तार कार्य स्थानीय विरोधका कारण रोकिएको छ। सडक विस्तारका क्रममा संरचना भत्काउँदा क्षतिपूर्ति नपाएको भन्दै स्थानीय आन्दोलित भएका छन्।
सडक विभागले विकासको काममा अवरोध नगर्न आग्रह गरेको छ। तर स्थानीयले भने निष्पक्ष क्षतिपूर्ति नपाएसम्म सडकमा काम गर्न नदिने अडान लिएका छन्।
यसरी काम रोकिँदा राजधानीको यातायात व्यवस्थामा थप समस्या देखिएको छ।
सडक विस्तार आयोजना प्रमुखले भने, “यो काम पाँच वर्षदेखि रोकिँदै आएको हो, यसपालि स्थायी समाधान खोज्न लागेका छौं।”
सडक विस्तारमा राजनैतिक दबाब, कानुनी मुद्दा र मुआब्जा विवाद मुख्य समस्या बनेको छ।



