ईडन ब्रिज एकेडेमीद्वारा “आदर्श अभिभावक अभिमुखीकरण कार्यक्रम” सम्पन्न-2082


काठमाडौं-ईडन ब्रिज एकेडेमीले “Good Parenting Orientation Program” शीर्षकमा अभिभावक लक्षित विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।

टोखा रोडस्थित Lord Palace Hotel मा सम्पन्न उक्त कार्यक्रम अभिभावकहरूका लागि अत्यन्त प्रभावकारी र सन्देशमूलक बनेको सहभागीहरूले बताएका छन्।


कार्यक्रममा विद्यालय र अभिभावकबीचको सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्य राखिएको थियो। बालबालिकाको समग्र विकासका लागि विद्यालय मात्र नभई अभिभावकले पनि आफ्ना सन्तानको मनोविज्ञान, व्यवहार र आवश्यकतालाई गहिरो रूपमा बुझ्नुपर्ने विषयमा वक्ताहरूले जोड दिएका थिए।


कार्यक्रमका क्रममा राम्रो अभिभावकत्व (Good Parenting) का आधारभूत सिद्धान्त, बालबालिकासँग सकारात्मक संवाद गर्ने तरिका, डिजिटल युगमा अभिभावकको भूमिका तथा घर र विद्यालयबीचको सहकार्यका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागी अभिभावकहरूले पनि आफ्ना अनुभव र जिज्ञासा राख्दै कार्यक्रमलाई अन्तरक्रियात्मक बनाएका थिए।


कार्यक्रममा सहभागी धेरै अभिभावकहरूले यस्तो कार्यक्रमले आफूहरूलाई बालबालिकाको व्यवहार बुझ्न र उनीहरूको भविष्य निर्माणमा अझ जिम्मेवार बन्न प्रेरणा दिएको प्रतिक्रिया दिएका छन्। उनीहरूले विद्यालयले अभिभावकमा चेतना फैलाउने तथा सन्तानको उज्ज्वल भविष्यका लागि सन्देशमूलक कार्य गरेको बताएका छन्।


ईडन ब्रिज एकेडेमीका तर्फबाट पनि आगामी दिनमा यस्ता सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जनाइएको छ। विद्यालयले शिक्षा केवल कक्षाकोठामा सीमित नभई घर–परिवारसँगको सहकार्यबाट मात्र पूर्ण हुने विश्वास व्यक्त गरेको छ।
उक्त कार्यक्रमले अभिभावकहरूलाई जिम्मेवार अभिभावकत्वतर्फ प्रेरित गर्नुका साथै बालबालिकाको समग्र विकासका लागि विद्यालय र अभिभावकबीचको सम्बन्ध अझ मजबुत बनाउने विश्वास गरिएको छ।

Tags :

Share It:

Grid News

Latest Post

सूचना विभाग दर्ता नं.: २०८/०८०-८१
संपादक–इन–चीफ: डा. निर्मल थापा
अध्यक्ष: रीता मानन्धर
प्रबन्ध सम्पादक: अर्जुन श्रेष्ठ

सम्पर्क:
ठेगाना: श्रीनगर रोड, बखुन्डोलै, ललितपुर
फोन: ०१-५५२२४४४, ०१-५५२२२७७
इमेल: info@nepalicnnmedia.com, editorial@nepalicnnmedia.com, ads@nepalicnnmedia.com

© 2025 Copyright Nepali CNN Media | All rights reserved.

Website Built By AERPN

architectural photography of Coca-Cola tarpaulin