
BBC ले सार्वजनिक गरेको डकुमेन्ट्रीले देशको आन्तरिक सुरक्षाको प्रवन्ध कति दयनीय थियो भन्ने मात्र दर्शनको छैन, सुरक्षा चुनौती संवेदनशीलतालाई गम्भीरता पुर्वक मनन गरेर यसको संरचनागत स्वरुपमा पुनःविवेचना गर्न पनि बाध्य बनाएको छ।
तर यो संवेदनशीलता माथिको जिम्मेवार पक्षले जिम्मेवारी बहन गर्न नसकेकोमा जल्लाबोध होईन भु-राजनीतिमा विदेशी हस्तक्षेप भन्ने अफिङ फ्यालेर भोटको राजनीति गर्न हामीलाई अलिकति पनि लज्जावोध भएको छैन ?
भाद्र २३ र २४ गतेको सुरक्षा प्रवन्धको बारेमा देशका तत्कालीन प्रधानमन्त्री,गृहमन्त्री र रक्षामत्रीलाई पुर्ण अवगत हुनुपर्ने थियो होईन र ?
तर निजहरूलाई सुरक्षाको कुनै जानकारी नै नभएर देशको सुरक्षासंग जोडिएका सुरक्षा संजालको गोपनीयता र प्रहरीको संचार set मा भएका वार्ता समेत विदेशी media सम्म पुग्दा जानकारी हुँदै गर्दा त्यसबारे प्रधानमन्त्री, गृहमन्त्री र रक्षामन्त्री कार्यक्षमता माथिको प्रश्नको उत्तरले देशको सुरक्षामा देखिएको गोप्यता र गम्भीरताको समाधान खोज्छ कि?
असफल सुरक्षा नीति र सुरक्षाको गोपनीयता कायम राख्न सफल निति र योजना बनाउन असफल प्रधानमन्त्री, गृहमन्त्री र रक्षामन्त्रीको प्रतिरक्षा गर्न र भोटको राजनीति गर्ने औजार बनाएर भु-राजनीतिमा विदेशी हस्तक्षेपको नाराले देशको सार्बभौमसत्ता र अखण्डताको संरक्षण हुन्छ?

