Eden Bridge Academy ले आयोजना गरेको “EBA Little Dance Champ-2082”

काठमाडौं-बसुन्धरास्थित Eden Bridge Academy ले आयोजना गरेको “EBA Little Dance Champ-2082” कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। बालबालिकाको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा नानीहरूले नृत्यमार्फत आफ्नो कला, आत्मविश्वास र सिर्जनशीलता प्रस्तुत गरेका थिए।


प्रतियोगितामा L.K.G. की Grishma Ale Magar ले उत्कृष्ट प्रदर्शन गर्दै Winner तथा Public Choice Award प्राप्त गरेकी छन्।

त्यस्तै U.K.G. की Reeptisha Bagale ले First Runner Up

तथा Norsha Acharya ले Second Runner Up उपाधि हासिल गरेका छन्।


प्रतियोगिताका अन्य विधागत पुरस्कारहरूमा Suprim Karki ले Cute Dance Performer Award, Riyasa Sharma ले Best Sunshine Award, Ronisha Magar ले Most Confident Award तथा Princy Ale Magar ले Most Energetic Award प्राप्त गरेका छन्। यसैगरी Aaroshi Bohara, Aman Shrestha, Sampada Kafle, Simran Pokharel Magar लगायतका विद्यार्थीहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो भने धेरै विद्यार्थीहरूलाई Emerging Child Award प्रदान गरिएको थियो।


विद्यालयका अनुसार यस्ता कार्यक्रमहरूले बालबालिकाको आत्मविश्वास, सिर्जनशीलता र सांस्कृतिक प्रतिभा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। आधुनिक शिक्षा प्रणालीसँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिँदै आएको Eden Bridge Academy ले विद्यार्थीहरूको समग्र विकासलाई केन्द्रमा राखेर विभिन्न रचनात्मक कार्यक्रमहरू आयोजना गर्दै आएको जनाएको छ।


विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासन र सकारात्मक शैक्षिक वातावरण निर्माण गर्दै अभिभावक र विद्यार्थी दुवैको विश्वास जित्न सफल भएको बताइएको छ। विद्यालय प्रशासनले भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

Tags :

Share It:

Grid News

Latest Post

सूचना विभाग दर्ता नं.: २०८/०८०-८१
संपादक–इन–चीफ: डा. निर्मल थापा
अध्यक्ष: रीता मानन्धर
प्रबन्ध सम्पादक: अर्जुन श्रेष्ठ

सम्पर्क:
ठेगाना: श्रीनगर रोड, बखुन्डोलै, ललितपुर
फोन: ०१-५५२२४४४, ०१-५५२२२७७
इमेल: info@nepalicnnmedia.com, editorial@nepalicnnmedia.com, ads@nepalicnnmedia.com

© 2025 Copyright Nepali CNN Media | All rights reserved.

Website Built By AERPN

architectural photography of Coca-Cola tarpaulin